रास्वपाको निर्णय : मन्त्री र सांसदले मासिक लेबी बुझाउनुपर्ने

 संवाददाता    २०८३, ३ बैशाख बिहीबार १५:५२     21 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदलाई लेबी तोकेको छ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले लेबीबारे निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। रास्वपाका मन्त्री र सांसदले मासिक रुपमा पार्टीलाई लेबी बुझाउनुपर्नेछ।

संसदीय दलको बैठकले मन्त्रीले १८ हजार रूपैयाँ र सांसदले १६ हजार पाँच सय रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरेको हो। यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि दुई हजार रूपैयाँ लेबी तोकिएको छ।

त्यस्तै, सांसदका स्वकीय सचिवले पनि दुई हजार रुपैयाँ लेबी बुझाउनुपर्ने रास्वपाले निर्णय गरेको छ। अहिले सांसदले स्वकीय सविच राख्न पाएका छैनन्।

स्वकीय सचिव राख्ने व्यवस्था गर्न प्रक्रिया अघि बढाइएको छ। त्यसका लागि कानुन मन्त्रालयमा सिफारिस पठाइसकिएको छ।