कालीकोटमा १७ वर्षीय किशोरबाट ७ वर्षीया बालिका बलात्कृत

 संवाददाता    २०८३, ३ बैशाख बिहीबार ११:२७     40 जनाले पढ़िसके



Spread the love

कालीकोटमा १७ वर्षीय एक किशोरबाट ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। मंगलबार दिउँसो नरहरीनाथ गाउँपालिका–३ मा उक्त घटना घटेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार घरमा कोही नभएको मौका छोपेर ती किशोरले बालिकामाथि जबर्जस्ती करणी गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले घरमा कोही नभएको मौका छोपेर पाहुना गएका ती किशोरले बालिकालाई बलात्कार गरेको जानकारी दिए।

प्रहरीका अनुसार पीडक र पीडित दुवै दलित समुदायका हुन्। बालिका आफ्ना हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन्।

उनका बुबा, आमा रोजगारीका लागि भारतमा छन्।

घरका अन्य सदस्यहरू बारीमा काम गर्न गएको समयमा बालिकालाई मोबाइलमा कार्टुन हेर्न दिएर फकाएको प्रहरीको भनाइ छ।

बालिकाका आफन्तहरू खेतबारीमा काम गरेर फर्किपछि घटनाबारे थाहा भएको थियो।
आफन्तले प्रहरीमा जाहेरी दिएपछि बुधबार बिहान ती किशोरलाई प्रकाउ गरिएको जनाएको छ।

बलात्कृत बालिकाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।