डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल भने स्थिर

 संवाददाता    २०८३, ३ बैशाख बिहीबार ११:०९     40 जनाले पढ़िसके



Spread the love

नेपाल आयल निगमले इन्धनको मूल्य पुनरावलोकन गरेको छ।

यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ।

तर पेट्रोलको भाउ भने यथावत राखिएको निगमले जनाएको छ।

पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।

इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।