आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा एकसय रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुनको भाउ तोलाको ३ लाख २ हजार आठसय रुपैयाँ पुगेको छ।
हिजो सुन प्रतितोला छ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले बढेको थियो।
हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य पाँच हजार २२० रुपैयाँ थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।