मूल्यवृद्धि छानबिनमा औषधि विभागका महानिर्देशक मन्त्रालयमा तानिए

 संवाददाता    २०८२, २७ चैत्र शुक्रबार १३:०७     21 जनाले पढ़िसके



Spread the love

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल औषधिको मूल्यवृद्धिलाई लिएर छानविनमा तानिएका छन् । अनियमित तरिकाले औषधिले मूल्यवृद्धि गरिएको विषयमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले छानविनका लागि स्वास्थ्य मन्त्रयालयलाई निर्देशन दिएकाे छ ।

प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै ७ दिनभित्र छानविन गर्न भनेकाे हाे । प्रधानमन्‍त्री कार्यालयकाे पत्रलगत्तै ढकाल मन्त्रालयमा तानिएका छन् ।

पत्रमा प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाएको भनि प्रधानमन्त्री कार्यालयमा उजुरी आएकाे उल्लेख छ ।

औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारणमा अनियमितता भएको भए कस कसको संलग्नता छ भन्ने लगायतका सम्पूर्ण विषय खुल्ने गरी मन्त्रालयबाट विषयगत विज्ञको संलग्नतामा तीन सदस्यीय छानविन समिति गठन गर्न भनिएको छ । ७ दिनभित्र छानविन प्रतिवेदन पेश गर्न पनि भनिएकाे छ ।