काठमाडौँ ।
सर्वोच्च अदालतले नेपाल सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
न्यायाधीश डा. श्री नहकुल सुवेदीको एकल इजलासले उक्त मुद्दामा विपक्षीहरूका नाममा सूचना जारी गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

अदालतको आदेश
अदालतले निवेदकका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता भोजराज आचार्य, अधिवक्ता पुष्पराज पौडेल र स्वयम् निवेदक कुमार प्रसाद थपलियाको बहस सुनेपछि निम्न आदेशहरू दिएको छ:
यो आदेश २०८२ साल आज चैत्र २६ गते जारी गरिएको हो।