पाटनमा छुरा प्रहार गरेर २ युवकको हत्या

 संवाददाता    २०८२, २६ चैत्र बिहीबार १०:४३     108 जनाले पढ़िसके



Spread the love

ललितपुर पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ।

बीएण्डबी अस्पतालमा उपचारको क्रममा उनीहरूको आज बिहान मृत्यु भएको हो।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले बुधबार दिउँसो नेम्बाङद्वयलाई छुरा प्रहार गरेका प्रहरीले जनाएको छ।