बुधबार २ सय ५१ वटा सेयरको मूल्य बढेको छ।
सूचक नेपसे ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको दिन चार वटा सेयरमा सर्किट ब्रेक लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रो र होटल फरेस्ट इनको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता क्रमशः ३५४.५०, ११८.५०, ६२.२० र ५६.३० रुपैयाँ आम्दानी गरेका हुन्।
यस दिन सुपर खुदीका लगानीकर्ताले पनि प्रतिकित्ता ७७ रुपैयाँ ७० पैसा आर्जन गरेका छन्। तर १५ वटा सेयरको मूल्य भने घटेको छ। लगानीकर्ताहरुले ४.३५ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। बुधबार सबैभन्दा बढी श्वेतगंगा हाइड्रोको ४.३५ प्रतिशतले मूल्य घटेको छ। बाँकी सेयर अधिकतम ३.२३ प्रतिशतसम्म मात्र घटेको छ।
कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको ४६ करोडको सेयर किनबेच भएको हो। यसबाहेक रिलायन्स स्पिनिङको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोडको कारोबार भएको छ। योसँगै बुधबार बजारमा ८ अर्ब ३१ करोड ८९ लाखको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार सबै समूहमा हरियाली छाएको छ।