युद्धविरामपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने र अमेरिकाले सहयोग गर्ने बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आज विश्व शान्तिका लागि ठुलो दिन हो। इरान पनि यही चाहन्छ, किनकि अब पर्याप्त भयो। अरू सबै पनि यही चाहन्छन्।’
उनले अगाडि लेखेका छन्, ‘अमेरिकाले होर्मुज स्ट्रेटमा ट्राफिक समस्या समाधान गर्न मद्दत गर्नेछ। साह्रै राम्रो कदम चालिनेछ र धेरै पैसा उत्पादन हुनेछ।’
उनले थप लेखेका छन्, ‘इरानले अब पुनर्निर्माण सुरु गर्न सक्छ। हामी सबै आवश्यक सामग्रीसहित तयार हुनेछौँ र सबै कुरा ठिकसँग सम्पन्न होस् भनेर सुनिश्चित गर्न हामी त्यहाँ हुनेछौँ। मलाई विश्वास छ- यो हुनेछ। अमेरिकामा भएजस्तै यो मध्यपूर्वका लागि स्वर्ण युग हुन सक्छ।’
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच मंगलबार राति २ हप्ता युद्धविराम गर्ने सहमति भएको हो।