युद्धविरामलाई जितको रूपमा प्रस्तुत गर्दै इरानका १० शर्त

 संवाददाता    २०८२, २५ चैत्र बुधबार ११:५५     48 जनाले पढ़िसके



Spread the love

अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ।

युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेको छ। साथै उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ।

पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै ट्रम्पले यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।

यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।

आफूले राखेका सर्तमा युद्धविराम सम्झौता भएको भन्दै परिषद्‌ले यो ‘देशको जित’ भनी दाबी गरेको छ।

के-के छन् इरानका दश बुँदामा?

१. आक्रमण पूर्ण रूपमा अन्त्य :

-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

२. सबै प्रतिबन्ध हटाउने

सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

३. स्थिर सम्पत्ति फिर्ता गर्ने

आफ्ना सबै फ्रिज फन्ड तथा र सम्पत्ति फिर्ता गरिनुपर्ने

४. युद्धको स्थायी अन्त्य

युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

५. अमेरिकी सेना फिर्ता गर्ने

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने

६. क्षतिपूर्ति

युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा क्षतिपूर्ति वा पुनर्निर्माणको व्यवस्था

७. होर्मुज स्ट्रेटमा नियन्त्रण

होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने

८. सुरक्षित आवतजावत तर सर्तसहित

-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

९. जहाजलाई शुल्क

इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने