सरकारले इन्धन खतपलाई कम गर्न ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग गर्न आह्वान गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपतमा मितव्ययिता अपनाउन आग्रह गरेको हो। मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार कर र पूर्वधार शुल्कमा ५० प्रतिशत छूट दिने निर्णय भएको बताइन्।
त्यससँगै सरकारले दीर्घकालीन रुपमा विद्युतीय गाडीमा परिवर्तनको कानुनी व्यवस्था अघि बढाएको उनले जानकारी दिइन्। इथानोल नीतिमा तयारी भइरहेको रहेको ईभी पूर्वाधार विस्तारमा सरकरका प्रतिबद्ध उनले बताइन्।
यससँगै नागरिकलाई पनि इन्धन खतपमा मितव्ययिता अपनाउन आग्रह गरिएको उनले जानकारी दिइन्। ‘सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ,’ मन्त्री रावलले भनिन्।
मध्यपूर्वको तनावका कारण इन्धनमा देखिएको समस्याबारे सरकार सचेत रहेको र यथार्त जानकारी जनतालाई गराउने सरकारको नीति रहेको उनको भनाइ थियो। ‘नेपाल सरकार सबै जनतालाई भन्न चाहन्छ- सरकार पारदर्शी छ, सत्य लुकाउँदैन, तर जनताको पीडा पनि बुझ्छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै रावलले भनिन्, ‘उर्जा बचत गरौँ, संयमित बनौँ, सँगै उभियौँ।’