सरकारको राहत प्याकेज: पेट्रोलियम आयातमा कर छुट लागू

 संवाददाता    २०८२, २४ चैत्र मंगलवार १३:४४     541 जनाले पढ़िसके



Spread the love

सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।