काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन् । कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डेले प्रतिस्पर्धी एडी लामालाई पराजित गर्दै महासंघको नेतृत्व सम्हालेका हुन् ।
महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट शहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट प्रकाशबहादुर शेट्टी विजयी भएका छन् ।
नीतिगत उपमहासचिवमा मंगल शाही तथा आन्तरिक उपमहासचिवमा सन्तोष शाह निर्वाचित भएका छन्। महिलातर्फ उपाध्यक्षमा गंगा पोखरेल विजयी भएकी छन् ।
यसैगरी, कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । नवनिर्वाचित नेतृत्वले निर्माण व्यवसाय क्षेत्रको नीतिगत सुधार, व्यवसायिक वातावरण सुदृढीकरण तथा सदस्यहरूको हकहित संरक्षणमा प्राथमिकता दिने अपेक्षा गरिएको छ ।