सुनको मूल्यमा गिरावट

 संवाददाता    २०८२, १९ चैत्र बिहीबार ११:३२     228 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा ७४ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ।

सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ।

हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।