घट्यो सुनको मूल्य

 संवाददाता    २०८२, १६ चैत्र सोमबार ११:०४     48 जनाले पढ़िसके



Spread the love

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।