दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेश गर्दै

 संवाददाता    २०८२, १५ चैत्र आईतवार १४:००     33 जनाले पढ़िसके



Spread the love

आइतबार बिहान पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेश गर्दैछ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई विभागको कार्यालयमा पेश गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीले बताए ।