जलेको अवस्थामा नेपालगन्जको सडकमा भेटिएकी युवतीको मृत्यु

 संवाददाता    २०८२, १५ चैत्र आईतवार ११:२०     57 जनाले पढ़िसके



Spread the love

बाँकेमा एक युवतीको आगोमा जलेर मृत्यु भएको छ।

नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार मृत्यु हुने युवतीको सनाखत हुन बाँकी छ।

नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति १२ बजेतिर करिब २५ वर्षीया युवती आगोले जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

उनलाई प्रहरीले उपचारका तत्काल भेरी अस्पताल पुर्‍याएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी कसरी आगलागीमा परिन् खुलेको छैन। शव भेरी अस्पतालमै राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।