खड्का पक्राउको रहस्य बाहिर: गृहमन्त्री गुरुङले सार्वजनिक गरे कारण

 संवाददाता    २०८२, १५ चैत्र आईतवार ११:०७     224 जनाले पढ़िसके



Spread the love

गृहमन्त्री सुधन गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’

कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।