सुनको मूल्यमा फेरि लगातार गिरावट, चाँदी पनि सस्तियो

 संवाददाता    २०८२, १३ चैत्र शुक्रबार ११:०८     503 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ।

सुनको मूल्य आज तोलामा ४६ सय रुपैयाँ घटेर दुई लाख ८१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बुधबार तोलामा १३ हजार रुपैयाँ बढेको सुनको मूल्यमा हिजो र आज दुवैदिन लगातार घटेको हो। हिजो पनि सुनको भाउ तोलामा २९ सय घटेको थियो।

हिजो सुनको भाउ दुई लाख ८५ हजार ६ सय रुपैयाँ थियो।

गत साताका ६ दिनमा ३६ हजार रुपैयाँ घटेको सुनको मूल्य फेरि लगातार घट्न थालेको हो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँ घटेर ४ हजार ६७० रुपैयाँमा झरेको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।