नेपाली सेनामा स्वास्थ्यकर्मी र शिक्षकसहित ६६ पदका लागि नयाँ भर्ना आह्वान

 संवाददाता    २०८२, ८ चैत्र आईतवार १२:३१     1675 जनाले पढ़िसके



Spread the love

नेपाली सेनाले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

सैनिक कल्याणकारी निर्देशनालयले आइतबार सूचना जारी गर्दै करार सेवामा पूर्णकालीन र आंशिक फ्ल्याट बेसिसमा काम गर्नेगरि६६ जना कर्मचारी माग गरेको हो।

त्यसरी माग गरिएका कर्मचारीमा स्वास्थ्यकर्मी, शिक्षक, प्राविधिक लगायत छन्।

वीरेन्द्र अस्पताल छाउनीमा ११ जना स्वास्थ्यकर्मी माग भएको छ।

त्यसैगरि स्वास्थ्य सेवा महाशाखा छाउनीमा तीन जना, व्यवसायी कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा २ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ५ जना, सैनिक आवासीय महाविद्यालय बर्दिबासका लागि ८ जना, सैनिक आवासीय महाविद्यालय सुखेतका लागि तीन जना, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय विजेश्वरीमा ९ जना, सैनिक आवासीय महाविद्यालय बुटवलका लागि सात जना कर्मचारी माग भएको हो।

हेर्नुहोस् सूचना