नयाँ शैक्षिक सत्रअघि नै भर्ना थालेपछि काठमाडौँ महानगरपालिका कडाइमा, नियम उल्लंघन नगर्न निर्देशन

 संवाददाता    २०८२, ८ चैत्र आईतवार ११:४०     114 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाले विद्यालयबाट पाठ्यपुस्तक र पोशाक बिक्री वितरण गर्न रोक लगाएको छ।

महानगरपालिकाको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै कतिपय विद्यालयले विद्यालयबाटै पाठ्यपुस्तक र पोशाक बिक्री वितरण गरिरहेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गर्न चेतावनी दिएको हो।

नयाँ शैक्षिक सत्रसमेत सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु प्रयोग गर्ने, विद्यालय भित्रैबाट पाठ्यपुस्तक, थप पाठ्य सामग्री तथा विद्यालय पोशाक खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य पार्ने गरेको सूचना तथा गुनासाहरु प्राप्त भएको भन्दै महानगरले त्यस्ता क्रियाकलाप नगर्न विद्यालय सञ्चालकहरुलाई सचेत गराएको छ।

यस्ता क्रियाकलाप शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ विपरित हुने भन्दै महानगरले नियमविपरितका क्रियाकला पर्नेलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ।

हेर्नुहोस सूचना