आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट

 संवाददाता    २०८२, ६ चैत्र शुक्रबार ११:२७     158 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।

सुनको मूल्य आज तोलामा सात हजार आठसय रुपैयाँ घटेर दुईलाख ९४ हजार पाँचसय रुपैयाँ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पाँच हजार चारसय रुपैयाँ घटेर सुनको भाउ तीनलाख दुई हजार तीनसय रुपैयाँ कायम भएको थियो।

बुधबार तोलामा दुई हजार दुईसय रुपैयाँ घटेर सुनको भाउ तीन लाख सात हजार सातसय रुपैयाँ कायम भएको थियो। गएका तीन दिनमा सुनको भाउ १५ हजार चारसय रुपैयाँ घटीसकेको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

चाँदीको मूल्य आज तोलामा ११५ रुपैयाँ घटेर चार हजार आठसय ९५ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेर पाँच हजार १० रुपैयाँमा झरेको थियो। गएको बुधबार पनि चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको थियो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।