एकैदिन ५ हजार बढीले घट्यो सुनको मूल्य

 संवाददाता    २०८२, ५ चैत्र बिहीबार १२:०७     141 जनाले पढ़िसके



Spread the love
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा ५ हजार ४०० र चाँदी १४० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र चाँदीको मूल्य पाँच हजार १५० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।