काठमाडौं उपत्यकामा २८ हजार ग्यास सिलिन्डर वितरण सुरु

 संवाददाता    २०८२, ३ चैत्र मंगलवार १४:५०     138 जनाले पढ़िसके



Spread the love

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ। निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो।

निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

मध्यपूर्व तनावका कारण नेपालमा पनि त्यसको असर स्वरुप ग्यास तथा पेट्रोलियम पदार्थमा असर परेको छ।

१) एभरेस्ट ग्यास ४,०२५ सिलिन्डर
२) गौरीशंकर ग्यास ४,०२५ सिलिन्डर
३) नेपाल ग्यास १०,०३० सिलिन्डर
४) श्री ग्यास ४,४९८ सिलिन्डर
५) सिद्धार्थ ग्यास १,७०८ सिलिन्डर
६) सीताश्री ग्यास ३,४२२ सिलिन्डर
७) सूर्य ग्याँस २,६६१ सिलिन्डर