बढ्यो सुनचाँदीकै मूल्य

 संवाददाता    २०८२, ३ चैत्र मंगलवार १२:१३     22 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य ७० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको तीन लाख नौ हजार नौसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको तीन लाख नौ हजार पाँचसय थियो

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँ रुपैयाँ बढेर आज तोलाको पाँच हजार तीनसय ३५ रुपैयाँ कायम भएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।