२८०० ले घट्यो प्रतितोला सुनको मूल्य

 संवाददाता    २०८२, २९ फाल्गुन शुक्रबार ११:४२     70 जनाले पढ़िसके



Spread the love

आज सुन प्रतितोला २ हजार ८०० सयले घटेको छ।

छापावाल सुन प्रतितोला २ हजार ८०० सयले घटेर ३ लाख १४ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार, बुधबार ३ लाख १९ हजार, मङ्गलबार ३ लाख १७ हजार र सोमबार ३ लाख १३ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला २० रुपैँयाले घटेर ५ हजार ४९५ कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।