इनिशाको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

 संवाददाता    २०८२, २८ फाल्गुन बिहीबार १६:०७     152 जनाले पढ़िसके



Spread the love

सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकलाई न्यायका माग गर्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

उनीहरूले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। त्यस्तै, देशभर भएका बलात्कारका घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय आयोग गठन गर्न माग गरेका छन्।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको अगुवाइमा प्रदर्शन भएको हो।