वायु प्रदूषण न्यूनीकरण कार्यक्रमका लागि नेपाललाई विश्व बैंकबाट ७ अर्ब ७ करोड ऋण

 संवाददाता    २०८२, २७ फाल्गुन बुधबार ११:४०     135 जनाले पढ़िसके



Spread the love

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ।

वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौं उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।