सोमबार तोलामा ३७ सय घटेको सुनको मूल्य आज फेरि व्यापक बढेको छ।
सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ बढेर ३ लाख १७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य सोमबार तोलामा ३७ सय घटेर तीन लाख १३ हजार २ सयमा झरेको थियो।
गएको आइतबार सुनको भाउ तोलामा ३५ सय बढेको थियो भने गएको शुक्रबार ४२ सय रुपैयाँ घटेर थियो।
गएको बुधबार एकै दिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा ३१० रुपैयाँ बढेको छ।
मूल्य बढेर आज चाँदीको भाउ तोलाको पाँच हजार सातसय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।