म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित महावीर पुनले पुनः आफ्नो पुस्तक बिक्री सुुरु गर्ने

 संवाददाता    २०८२, २५ फाल्गुन सोमबार १०:४१     31 जनाले पढ़िसके



Spread the love

म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि महावीर पुनले पुनः आफ्नो पुस्तक बिक्री सुुरु गर्ने भएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु।’

उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने बताएका छन् । उनले भनेका छन्, ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’