सुनको भाउमा व्यापक वृद्धि

 संवाददाता    २०८२, १७ फाल्गुन आईतवार १२:४७     39 जनाले पढ़िसके



Spread the love

आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । मध्यपूर्वमा देखिएको तनावका कारण सोमबार सुनको भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सुनसँगै चाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।