इरानी सरकारी सञ्चारमाध्यमको दाबी: आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु

 संवाददाता    २०८२, १७ फाल्गुन आईतवार १२:३७     69 जनाले पढ़िसके



Spread the love

इरानको सरकारी सञ्चार माध्यमले हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्।

फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।”

यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो।

हालसम्म इरानी अधिकारीहरूले आयतुल्लाह अली खामेनीको मृत्युबारे गरिएका दाबीहरूको आधिकारिक पुष्टि गरेका छैनन्।