‘साम्बा’को उपचारमा सहयोग नगरेको भन्दै एन्फा विरुद्ध प्रदर्शन

 संवाददाता    २०८२, १२ फाल्गुन मंगलवार १५:०९     233 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वेवास्ता गरेपछि पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्।

पूर्वकप्तानसहितका खेलाडीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेस परिसरमा ‘सावित्रा भण्डारी नेपाली नै हुन्?, एन्फा झुठको खेती कहिलेसम्म?, खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौँ एन्फा?, लिग त गराउन सकेको छैन खेलाडीको उपचारमा मद्धत त गर’ लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्।