काठमाडौँमा दिउँसै ५६ लाखभन्दा बढीका सुनचाँदीका गहना चोरी

 संवाददाता    २०८२, १० फाल्गुन आईतवार १२:४३     171 जनाले पढ़िसके



Spread the love

काठमाडौँबाट दिउँसै ५६ लाख रुपैयाँ भन्दा धेरैको सुनचाँदीका गहना चोरी भएको छ।

काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो।

प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेका छन्।

चोरीमा संलग्नहरू हाल फरार छन्।

उनीहरूको खोजीसँगै यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि गएको बुधबार पनि काठमाडौँको टोखाबाट दिउँसै ८१ लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको थियो।