सुन चाँदीकै मूल्यमा व्यापक वृद्धि

 संवाददाता    २०८२, १० फाल्गुन आईतवार ११:३०     60 जनाले पढ़िसके



Spread the love

आज सुन चाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ।

गएको शुक्रबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ५६ सय रुपैयाँ बढेको हो।

मूल्य बढेर आज सुन तोलाको तीन लाख १० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बिहीबार सुनको भाउ तोलामा ४३ सय बढेको थियो।

गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो।

गएको मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा तीन हजार रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य तोलामा ३७५ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदी आज तोलाको पाँच हजार चारसय २५ पुगेको महासंघले जनाएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।