इन्जिनियरको हत्या प्रकरणमा हत्यारा पक्राउ नपर्दा सिरहामा सडक अवरुद्ध

 संवाददाता    २०८२, ७ फाल्गुन बिहीबार १३:२०     57 जनाले पढ़िसके



Spread the love

इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्याको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम गरिएको छ ।

यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका छन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे । उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।