स्कुटर चालकको ज्यान गएपछि रोकिएको अरनिको राजमार्ग पुनः सञ्चालनमा

 संवाददाता    २०८२, ६ फाल्गुन बुधबार १२:१२     35 जनाले पढ़िसके



Spread the love

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् ।