लगातार घट्न थाल्यो सुनको भाउ

 संवाददाता    २०८२, ६ फाल्गुन बुधबार ११:२५     375 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको थियो।

गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको थियो।

गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ।

प्रतितोला ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८० रुपैयाँमा झरेको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।