सोमबार तोलामा ३ हजार घटेको सुनको मूल्यमा आज पनि गिरावट

 संवाददाता    २०८२, ५ फाल्गुन मंगलवार ११:३१     96 जनाले पढ़िसके



Spread the love

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ प्रतितालो समान्यले बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोलामा ९०० ले घटेको छ । यस्तै चाँदी प्रतितोला २५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।