सुनको मूल्यमा आज गिरावट, चाँदीको भाउ निरन्तर ओरालो

 संवाददाता    २०८२, ४ फाल्गुन सोमबार ११:२३     513 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य घटेको छ।

सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँमा झरेको छ।

गएको बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य हिजो तोलामा २३ सय रुपैयाँ बढेको थियो।

सुनको मूल्य आइतबार तोलाको तीन लाख पाँचहजार आठसय रुपैयाँ थियो।

यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य थप घटेको छ।

प्रतितोला १२५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ६० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको चार हजार नौसय ८५ रुपैयाँ थियो।

यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।