भ्रष्टाचार अभियोगमा मुछिएका युक्रेनका पूर्व ऊर्जामन्त्री देश छाड्ने क्रममा समातिए

 संवाददाता    २०८२, ४ फाल्गुन सोमबार ११:०४     109 जनाले पढ़िसके



Spread the love

युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन हलुस्चेन्कोलाई देशबाट भाग्दै गर्दा पक्राउ गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार हलुस्चेन्को युक्रेनबाट निस्कने रेलमा पक्राउ परेका हुन्। उनी कुन देश जाँदै थिए भन्ने कुराचाहिँ स्पष्ट छैन।

भ्रष्टाचार काण्डमा नाम आएपछि तत्कालीन ऊर्जामन्त्री जर्मन हलुस्चेन्कोलाई गत वर्ष पदबाट हटाइएको थियो।

नोभेम्बरमा सार्वजनिक १०० मिलियन डलर घोटालामा उनको पनि नाम मुछिएको थियो।

यो काण्डले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की घेराबन्दीमा पर्ने त्रास बढेको छ।

उनी रुससँग युद्ध सुरु हुनुभन्दा अघि भ्रष्टाचार नै उन्मूलन गर्ने वाचा गरेर युक्रेनको सत्तामा आएका थिए।