नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

 संवाददाता    २०८२, ३ फाल्गुन आईतवार १३:१९     104 जनाले पढ़िसके



Spread the love

दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेष्ट इण्डिजसामु १ सय ३४ रनको लक्ष्य दिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको हो।

सातौँ विकेटका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले ५४ रनको साझेदारी गरेपछि नेपाली टोली सम्हालिएको थियो।

दीपेन्द्रले बनाएको ५८ रन नै नेपाली टोलीका लागि सर्वाधिक रह्यो। ४७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५८ रन बनाएका दिपेन्द्र जेसन होल्डरको बलमा क्याच आउट हुन पुगे। दिपेन्द्रले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा अर्धशतक सहयोगमा अर्धशतक पूरा गरे। नेपाली टोलीका लागि दिपेन्द्रको यो ११ औँ अर्धशतक हो। जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो।

समग्रमा नेपालका लागि यो विश्वकपमा हानेको दोस्रो अर्धशतक हो। यसअघि नेपालले सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका थिए।

सोमपाल कामी २६ रनमा अविजित रहे। उनले उनले १५ बलमा ४ चौका हाने।

१५ ओभरमा ६–७३ को अवस्थामा रहेको नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।नेपालले १७.४ ओभरमा ६ विकेट गुमाउँदा १ सय रन पूरा गरेको थियो।

शीर्षक्रमका ब्याटरले वेष्ट इण्डिजविरुद्ध गैर जिम्मेवारी ब्याटिङ गरेपछि नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपाल ४.१ ओभरमा ३–१७ को अवस्थामा थियो। पावर प्लेमा नेपालले ३ विकेटको क्षतिमा २२ रन बनाएको थियो।

लोकेश बम १५ बलमा २ चौका सहयोगमा १३ रनबनाउँदा क्याच आउट भए। गुल्सन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए।आरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए।

ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल होसैनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे। करण केसी १ रनमा आउट भए।

वेष्ट इण्डिजका लागि जेसन होल्डरले चार विकेट लिए। अकिल होसेन, म्याथु फोर्ड, समर जोसेप र रोष्टन चेसले समान एक विकेट आफ्नो नाममा लिए।