वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

 संवाददाता    २०८२, ३ फाल्गुन आईतवार ११:१९     147 जनाले पढ़िसके



Spread the love

भारतमा जारी आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

आइतबार बिहान मुम्बइको वानखेडे रगंशालामा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाली टोलीले आजको खेलमा अघिल्लोबाट टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ।

ललित राजवंशीको स्थानमा सोमपाल कामी प्लेइङ-११ मा आएका हुन्।

योसँगै नेपालले खेलेका तीनै विश्वकप खेल्ने सोमपाल एक्ला खेलाडी बनेका छन्।

नेपालले विश्वकपमा तीनै खेलमा टस हारेको छ।

आज नेपाललाई हराएको अवस्थामा वेस्ट इन्डिज एक खेलअगावै सुपर ८ मा पुग्नेछ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो।

वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो। दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध ३० रनको जित हासिल गरेको थियो।

नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने