राप्रपाको संकल्प पत्र – अभिभावकीय संस्थाको रूपमा राजसंस्था, प्रदेश खारेज

 प्रतिनिधि सभा निर्वाचन २०८२     २०८२, २ फाल्गुन शनिबार १५:२२     54 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले संकल्प पत्रमा हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डा बनाएको छ ।

साथै, संकल्प पत्रमा भ्रष्टाचार सम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षण ऐन बनाई लागू गरिने उल्लेख छ ।

राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको एजेन्डा पनि अघि सारेको छ ।

संकल्प पत्र –