सरकारलाई व्यवस्थित सार्वजनिक यातायात र पूर्वाधारलाई झक्झक्याउने आशिष गजुरेल सिन्धुली -२ बाट रास्वपा उम्मेदवार

 रास्वपा     २०८२, ६ माघ सोमबार २०:११     86 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ र दिगो भरपर्दो र सुरक्षित सार्वजनिक यातायातको आवश्यकताको बहसकर्ता आशिष गजुरेललाई उम्मेदवार बनाएको छ ।

यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।रास्वपाबाट उम्मेदवार बन्ने टुंगो लागेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।

गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान र आवाज संचालन गर्दै आएका छन् ।

नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियन्ताका रूपमा लिइन्छ ।

सिन्धुली–२ गजुरेलको गृहक्षेत्र हो । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।