टी-२० विश्वकप खेल्ने टोलीबाट बाहिरिए रास्वपाको समानुपातिक सूचीमा रहेका ज्ञानेन्द्र

 संवाददाता    २०८२, ५ माघ आईतवार १५:१२     177 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल आईसीसी पुरुष टी–२० विश्वकप खेल्ने नेपाली टोलीबाट बाहिरिएका छन्।

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको सूचीमा रहेका सहायक प्रशिक्षक मल्लले विश्वकप खेल्ने टोलीबाट बाहिर रहने निर्णय गरेका हुन्।

सहायक प्रशिशक्षक मल्लले एक साताअघि नै नेपाल क्रिकेट संघ (क्यान) लाई यसबारेमा जानकारी गराइसकेका थिए।

विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइतबार अभ्यासका लागि श्रीलंकामा प्रस्थान गरेको छ।