गगनलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

 संवाददाता    २०८२, ५ माघ आईतवार १३:१०     115 जनाले पढ़िसके



Spread the love

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने निर्णय खारेजको माग गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि माघ ६ गते पेश तोकिएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार बिहान देउवा पक्षले सर्वोच्च अदालतमा रिट दिएको थियो। उनीहरूले दिएको रिट दर्ता भएको बताउँदै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, ‘रिट दर्ता भएको छ। माघ ६ गते पेशी तोकिएको छ।’