शुक्रबार घटेको सुनको भाउ आज बढेको छ। शुक्रबार तोलामा १५ सय घटेको सुनको मूल्य आज ६ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर सुनको भाउ आज तोलाको दुई लाख ७७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको भाउ तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ थियो। त्यसअघिका पाँच दिन सुनको भाउले लगातार महँगो मूल्यको रेकर्ड कायम गर्दै आएको थियो।
गत बुधबार सुनको भाउ तोलाको दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।
आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदीको भाउ आज पाँच हजार ६२५ रुपैयाँ पुगेको छ।