रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै जेनजी मुभमेन्टको विरोध

 संवाददाता    २०८२, २ माघ बिहीबार १३:५७     65 जनाले पढ़िसके



Spread the love

जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक र अस्वीकार्य भएको बताएको छ।

संगठनले महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप लगाएको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई संगगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुुद्दामा छुट दिने निर्णय गरेकी थिइन्।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै जेनजी मुभमेन्ट नेपालले किशोरीको डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई उन्मुक्ति दिइएको घटनापछि नै महान्यायाधिवक्ताको तत्काल बर्खास्तीको माग गरिएको जनाएको छ।

संगठनले भदौ २४ गते रवि लामिछानेको गिरोहले जेल भत्काई कैदी भगाएको र देशभर अराजकता फैलाएको घटनालाई स्मरण गराउँदै योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गरिएको दाबी गरेको छ।

सहकारी ठगीका कारण लाखौं पीडित पीडामा रहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा बाँचिरहेको उल्लेख गर्दै, त्यही पीडितको रगत र आँसुबाट संकलित स्रोत दुरुपयोग गर्नेहरूलाई उन्मुक्ति दिनु न्यायको उपहास भएको संगठनको भनाइ छ।