लघुवित्तहरूले ५ लाखभन्दा बढीको भुक्तानी अनिवार्य चेकबाट गर्नुपर्ने

 संवाददाता    २०८२, २७ पुष आईतवार ११:२३     62 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले लघुवित्तहरूमा जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै नगद भुक्तानीको सीमामा कडाइ गरेको हो ।

अब लघुवित्तहरूले ५ लाख माथिको नगद कारोबार अनिवार्य चेक मार्फत गर्नुपर्नेछ । यसअघि यस्तो सीमा १० लाख रुपैयाँको थियो ।

नयाँ निर्देशनमा भनिएको छ, ‘चेकमार्फत कारोबार गर्ने सम्बन्धमा लघुवित्त वित्तीय संस्थाहरूले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यलाई समेत सहयोग पुर्याउन ५ लाख रुपैयाँ वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक मार्फत गर्नुपर्नेछ ।’